तोलामा १६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज सुन प्रतितोला १ लाख ४० हजार ९ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय रूपैयाँ बढी हो। 

यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रूपैयाँ घटेको हो। शुक्रबारको तुलनामा भने आज सुनको भाउ प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार