नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट किन्नेहरुको थेगिनसक्नुको भीड

Nagarik Sewa 1537+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि भीड भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। यसपल्ट एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार