नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

Nagarik Sewa 1537+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ४ चौका र दुई छक्काको मद्धतमा ५० रन जोडे । गुल्शन झाले २०, करण केसीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। 

यूएईका लागि अलि नसिर र बलिस अहमदले दुई(दुई तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले एक(एक विकेट लिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार