प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आइतबार प्रतितोला ४ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ४ सय रूपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै