भैंसेपाटीस्थित स्कुलको होस्टलमा एक विद्यार्थी मृत फेला

Nagarik Sewa 1537+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक जना विद्यार्थी शनिबार मृत भेटिएका छन् । 

ललितपुर महानगरपालिका २५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । यसैगरी ललितपुर महानगरपालिका १० कुपोण्डोलस्थित वाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत हुन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार