राष्ट्रपतिका आर्थिक सल्लाहाकार नेपालद्वारा राजीनामा

Nagarik Sewa 1537+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ । नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । 

सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उहाँले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार