थलीमा १ जना मृत फेला

Nagarik Sewa 1537+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा १ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका–७,​ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी हुन् ।​

नगरकोटीको शव मंगलबार बिहान कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो । बिहान थलीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारेको छ । यस्तै प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार घटना रहस्यमय देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार