नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

Nagarik Sewa 1537+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ। वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन गर्ने तयारी छ ।

यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र घनेन्द्र केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।

आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार