संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय

Nagarik Sewa 1537+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।  

वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

उहाँले कांग्रेससँग डराएर संसद अधिवेशन अन्त्य नगरिएको जिकिर गर्नुभयो। बैठकका निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले बजेट अधिवेशन सुरु हुने भएको र केही समय ग्याप गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अधिवेशन अन्त्य गर्न लागेको बताउनु भयो।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद चल्न दिएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार