काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गतेसम्म १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६ सय ३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् । यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।