काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ को नवनिर्मित भवन निर्माणको काम शुरूवात भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहद्वारा शिलान्यास गरिएको काठमाडौँ महानगरपालिका वडा ८ को भवन निर्माणको काम आजबाट जयवागेश्वरीमा शुरूवात भएको हो ।
धेरै वर्षदेखि वडा भवन बनाउन प्रयासरत वडाअध्यक्षहरू मध्ये हालका वडाअध्यक्ष आशामान संगत लगायतको टीमले वडा भवनको शिलान्यास सहित भवन निर्माणको काम शुरूवात गराएको हो ।
"वडा भवन बनाउनका निम्ति धेरै वर्षदेखि लागि परेपनि यस पटक भने, वडा वासिहरूको चाहना पुरा हुन लागेको", वडाअध्यक्ष आशामान संगतले बताउनुभयो ।
उहाँले, 'विभिन्न कारणले यस अघि वडा भवन निर्माणको काम रोकिए पनि हाल भने, कामपाका मेयर बालेन शाहबाट शिलान्यास गराएर भवन निर्माणको काम शुरूवात गरिएको र भावन निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरि निर्माण कम्पनी सँग सम्झौता गरिएको वडाअध्यक्ष संगतले जानकारी दिनुभयो ।'
करिव तीन करोड पचासलाख अनुमानित बजेटमा निर्माण हुन लागेको वडा कार्यालयको भवन सांस्कृतिक मौलिका झल्कने हिसावले निर्माण गर्न लागिएको वडा अध्यक्ष संगतले जानकारी दिनुभयो । हाल कामपा -८ को वडा भवन जयवागेश्वरी मन्दिर अगाडि रहेको छ ।