प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज १ हजारले बढेर १ लाख ३४ हजार मूल्य निर्धारण भएको छ। तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३३ हजार ३ सय ५० बमूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला १ हजार ६ सय १० मा कारोबार भएकामा आजका लागि भने १ हजार ६ सय ५० बराबरको मूल्य निर्धारण भएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार