काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतको भिड्दै

Nagarik Sewa 1537+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं। काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा उपाधिका लागि नेपालले आज भारतको सामना गर्ने भएको छ। यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । 

सेमिफाइनलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका छन्। घरेलु कोर्टमा भइरहेको फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार