राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भयो: मन्त्री शर्मा

Nagarik Sewa 1537+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले राजनीति देशको मुल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताउनुभयो । उहाँले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताउनुभयो ।

साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनपर्नेमा जोड दिनुभयो  सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनुभयो । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार