तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२४ असार २०८१, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मुल्य तोलामा १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ । 

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार