काठमाडौँ । पछिल्लो समयमा युवा पुस्तामाँझ कोरियन खाना, कला, संस्कृती, पहिरन, गित संगीत, चलचित्र तथा नाटकहरुको प्रभाव बढ्दो छ । अझ भनौं नेपालमा मात्र नभई बिश्वभरिनै यसको प्रभाव क्रमिकरुपमा बढीरहेको छ । नेपालमा पनि अहिले कयौं कोरीयन रेस्टुरेण्टहरु खुलेका छन् । तर कोरियन नाममा खुलेका सबै रेस्टुरेण्टहरुले आधिकारिक कोरियन स्वाद पस्किन सकेका छैनन् ।
यसैबिच, नेपालमा पहिलोपटक दक्षिण कोरियामा निकै प्रसिद्ध फ्राईड चिकेन ब्राण्ड आन्योङ्ग चिकेनको दोश्रो आउटलेट आजबाट ठमेल स्थित छाँयादेवी कम्प्लेक्स (Chhaya Complex) मा खुलेको छ । फ्राईड चिकेन पारखीको लागि यस रेस्टुरेण्टमा सस र सिजनिगंमा दजर्नौ स्वादका कोरीयन फ्राईड चिकेन पस्किने रेस्टुरेण्ट संचालक सोफिन श्रेष्ठले बताए ।
करिब १ करोड लगानिमा खुलेको यो रेस्टुरेण्टको इन्टेरियर पनि अत्यन्तै आर्कषक रहेको छ, संचालक श्रेष्ठका अनुसार यो एक पारिवारीक रेस्टुरेण्ट हो, जहाँ बच्चादेखि ज्येष्ठ नागरिक सम्म हरेक उमेर समुहले चिकेन तथा पारिवारिक वातावरणको आनन्द लिन सक्नेछन् ।
आन्योङ्ग चिकेनको पहिलो आउटलेट चाबहिल सरस्वतीनगरमा गतबर्ष खुलेको थियो । बिशेषगरी युवा पुस्तामाँझ यस रेस्टुरेण्टको अकबरे फ्राईड चिकेन निकै प्रसिद्ध रहेको छ । दोश्रो आउटलेट सुरुवातको उपलक्ष्यमा आन्योङ्ग चिकेनले हरेक परिकारमा ११ प्रतिशत छुटको व्यवस्था गरेको छ । रेस्टुरेण्टले डाईन इन, टेक अवे, होम डेलिभरी तथा अनलाईन अर्डर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।