काठमाडौं। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन्। रास्वपाले गत शनिवारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौं केन्द्रित गर्ने बताउँदै आज अन्तिम प्रदर्शन भनेको छ।
पीडितहरूले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ। सहकारी पीडितहरूले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरूको घर घरमा पुगेर धम्क्याएको आरोप लगाएका छन्। सहकारी पीडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ।