पहिरो झरेपछि राजमार्ग अवरुद्ध

Nagarik Sewa 1537+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै बुधबार बिहान १० बजेदेखि पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । ढुंगामाटो र रुखसहित ठुलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौँ–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए । पहिरो पन्छ्याउन २ तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेकाले काम भने सुरु नभएको उनले बताए । उनले ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुने जानकारी दिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार