प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं। प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार