अनेरास्ववियु पाटन संयुक्त क्याम्पसद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६० जना रक्तदाताले गरे रक्तदान

Nagarik Sewa 1+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

काठमाडौँ । अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटीले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका छन् । पाटन संयुक्त क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अनेरास्ववियु पाटन संयुक्त क्याम्पसले रक्तदाताको रगतको महत्त्वलाई मध्यनजर गर्दै आवश्यक परेका बेलामा सबैलाई सहज रगत उपलब्धताका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको पाटन संयुक्त क्याम्पस स्ववियु सदस्य तथा अनेरास्ववियु क्याम्पस कमिटी कोषध्यक्ष सुश्मा राज्यलक्ष्मी शाहीले जानकारी दिनुभयो ।

ललितपुरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा करिब ६० जनाले रक्तदान गरेर रगत संकलन गरिदिनु भएको  पाटन संयुक्त क्याम्पस स्ववियु सदस्य तथा अनेरास्ववियु क्याम्पस कमिटी कोषध्यक्ष शाहीले जानकारी दिनुभयो । विभिन्न समयमा अनेरास्ववियु पाटन संयुक्त क्याम्पस स्ववियुले विभिन्न सामाजिक कामहरू गर्दै आईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार