उपत्यकाका नदीमा सफा पानी बगाउनेबारे छलफल

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं। काठमाडौं उपत्यकाभित्रका बागमती, विष्णुमती लगायत नदीहरूमा सफा पानी बग्ने अवस्था बनाउन भन्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले विज्ञहरूसँग छलफल गर्नुभएको छ।

नदीहरूमा बग्ने पानी दुर्गन्धित रहेको पाइएकोले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सफा पानी बग्ने अवस्थाको सिर्जना गर्ने विषयमा मन्त्री सिंहले छलफल गरेको उहाँको सचिवालयले जनाएको छ।

‘हिउँदका बेला नदीका पानी दुर्गन्धित हुन्छ। पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ यसमा विज्ञहरूको सुझाव आएका छन्।’

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार तत्काल पानीको बहाव वृद्धी गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमुलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको छ। छलफलमा विज्ञहरुले सुख्खा याममा काठमाडौंका नदीहरूमा जलप्रवाह बढाउनुपर्ने धारणा राखेका छन्।

बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा पनि उनीहरूको थियो। पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्नु सकारात्मक भएको बताउनुभयो।

अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उहाँले भन्नुभयो, ‘नदी सफाइका विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार