पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी रिहा

Nagarik Sewa 1537+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बिबी रिहा भएकी छन् । तोशखाना सम्बन्धि मुद्दामा कारागार चलान भएकी बुशरालाई अदालतले ९ महिनापछि जमानतमा रिहा गरेको हो ।

इस्लामावाद उच्च अदालतले बुशरालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनलाई अगस्ट ५, २०२३ मा तोशखाना मुद्दामा दोषी ठहर गरेको थियो ।

बुशरा विगत ९ महिनादेखि रावलपिंडीको अडियाला कारागारमा रहेकी थिइन् । रिहा भए लगत्तै उनले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) का नेताहरूसँग भेट गरेको जनाइएको छ ।

इमरान खान रावलपिंडीको अडियाला कारागारमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार