२.३५ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । वर्षको पहिलो कारोबार दिन  नेपाल स्टक एक्चेञ्ज (नेप्से) २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ । 

आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ ।आज ३२० कम्पनीको शेयर किनबेच हुँदा १२७ कम्पनीको शेयर बढेको छ भने १०८ वटा कम्पनीको शेयर घटेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ । फोल्ट इन्डेक्स ०।१९ अंकले र सेन्सेटिभ फेल्ट इन्डेक्स ०।०७ अंकले घटेको छ ।  १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने ९ वटा उपसमूहको शेयर घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार