सांसद नेम्वाङद्वारा पद तथा गोपनीयताको शपथग्रहण

Nagarik Sewa 1537+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। 

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गर्नुभएको हो। उहाँलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभएको छ ।

१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी अुनुभएको थियो। तर उहाँको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार