४ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ४ अंकले घटेर २५७६.७६ विन्दुमा बन्द भएको हो ।            

नेप्सेमा आज ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटाको बढेको छ भने १६३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै स्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९।९९ प्रतिशतले बढेको छ ।    

गुडवील फाइनान्स लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ६।७७ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ५८ हजार बराबरको कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार