एक राउटे युवाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

सुर्खेत। राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए । 

उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए । उपचार हुननसक्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका १ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु वडाध्यक्ष रावलले बताए ।

वृषबहादुरको मृत्यु भएसँगै अब लोपोन्मुख राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै