तोलामा २०० ले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य आज घटेको छ । महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ । हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार