आज अन्तर्राष्ट्रिय खुशी दिवस

Nagarik Sewa 1537+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । मार्च २० तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवसको रुपमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउँदै आएको छ ।

यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो । जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ । सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए ।त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार