नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन सुरु (फोटोफिचर)

Nagarik Sewa 1537+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

काठमाडौं । एकीकृत समाजवादीको दशौँ महाधिवेशन सुरु भएको छ।  काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेसँगै महाधिवेशन सुरु भएको हो।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशिष्ट अतिथि छन्। महाधिवेशनलाई शुभकामना दिन कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित छन्।

यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्। मुलुकको दोस्रो ठूलो पार्टी एमालेका प्रतिनिधि भने सहभागी भएका छैनन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार