भारतको बिहारमा नेपाली सवार बस दुर्घटना

Nagarik Sewa 1537+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं। भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको उल्लेख गरेका छन् । दुर्घटनामा परी एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार