तोलामा १२०० ले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुन १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार