काठमाडौं। त्रिभुवन विश्वविद्यालयले ११ आङ्गिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।
क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।
जारी सूचनामा आवेदन दिनका लागि सात दिनको समयसीमा तोक्नुका साथै विभिन्न स्थानका लागि तोकेरै आवेदन खुलाएको छ ।