काठमाडौँ महानगरपालिकाका तीन जना कर्मचारी निलम्बित

Nagarik Sewa 1+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ ।

कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीहरूलाई निलम्बन गरेको हो ।

मेयर शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन्।

२३औँ नगरसभाको बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार