०.०७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा पुगेको छ ।

सोमबार ३१७ कम्पनीका ४६ हजार ५ सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १४ अंकले बढेर ३५१ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

सोमबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार