१०.८३ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६को विन्दुमा पुगेको छ ।

बुधबार ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार