काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित (फोटोफिचर)

Nagarik Sewa 1537+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् ।

मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार