जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान झिमरुक गाउँपालिका ७ सिमलचौर बस्ने एक जना युवक पक्राउ परेका छन् । २६ वर्षीय नवीन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  


जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै