बागमती प्रदेश सरकारले प्रदेश सीटीईभीटी गठन गर्ने

Nagarik Sewa 1537+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (प्रदेश सीटीईभीटी) गठन गर्ने भएको छ । 

अधिकृतस्तर देखि सहायकसम्म १३ जना कर्मचारी र राजनीतिक नियुक्ति मार्फत् कार्यकारी निर्देशक नियुक्त गर्ने गरी सरकारले सीटीईभीटी गठनको प्रक्रिया अघि बढाएको हो । सामाजिक विकास मन्त्रालय मातहतको विभिन्न निकायको पुनः संरचनासहित सीटीईभीटी खेल्ने सरकारको तयारी छ ।

प्रदेश सीटीईभीटी खोल्ने विषयमा गत वैशाख २७ गते बसेको मन्त्री परिषद् बैठकले निर्णय गरेको थियो । बैठकले प्रदेशमा सीटीईभीटी कार्यालय खोल्ने गरी कार्यालय, दरबन्दी तथा कार्य विवरण स्वीकृत गर्ने निर्णय गरेको थियो । बैठकले सीटीईभीटीको कार्यालय स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज, कार्य विवरण, छाप र साइन बोर्ड स्वीकृत गरेको थियो ।

उक्त कार्यालयमा प्रमुख कार्यकारी निर्देशकसहित १३ जनाको दरबन्दी स्वीकृत गरिएको थियो । सो कार्यालयमा हाल कायम रहेको दरबन्दी बाहेक ५ जनाको अस्थायी दरबन्दी स्वीकृत गरी प्रदेश सरकारले तलब भत्ताको व्ययभार लिने निर्णय हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार