रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

Nagarik Sewa 1537+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौं। म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपाका सभापति रवि लामिछानेबारेको बहस सकिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रवि सहित छविलाल जोशी र लीला पछाई‌लाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।  उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । 

गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोग लामिछानेमाथि छ । रकम अपचलनमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राईको निर्देशन र सञ्चालक छविलाल जोशी बञ्जाडेको मध्यस्थता देखिएकाले प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।

यसैबीच, कास्कीमा बयान सकिएलगत्तै रविलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बयानका लागि पठाइने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै