सूनको मूल्य फेरि बढ्यो

Nagarik Sewa 1537+ समाचार ( )
९ अशोज २०८१, बुधवार

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।  सुनको मूल्य विगत चार दिनदेखि लगातार बढिरहेको छ। आज सुनको मूल्य तोलामा सातसय रुपैयाँ बढेर एक लाख ६० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनकाे याे मूल्य अहिलेसम्मकै सर्वाधिक महँगाे हाे।

हिजो सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ।  हिजो १ हजार ९ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ बढेर एक हजार नौ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार