आज राष्ट्रिय खेल भलिबल दिवस

Nagarik Sewa 1537+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौ। आज जेठ ८ गते, राष्ट्रिय खेल भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ ।

भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल सङ्घले लबिङ गरेको थियो । अहिले भलिबलको ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । तर पछिल्ला वर्ष अरु खेल क्षेत्रका जस्तै भलिबलका पनि खेलाडी पलायन हुनेक्रम बढ्दो छ । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडी पलायन हुन बाध्य छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार