तोलामा १४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार