संसद् बैठकको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

Nagarik Sewa 1537+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकको अवरोध कायम राख्ने निर्णय गरेको छ । एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको विषय संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा माओवादीले पार्टी वैठकमा छलफलका लागि समय मागेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको वैठकले माओवादी हिंसा भन्ने शब्दको रेकर्ड नहटाएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार