नुवाकोटको सूर्यचौरमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं । एअर डाइनेष्टिको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । 

काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको नाइन एन एजेडी हेलिकप्टर दिउँसो नुवाकोटको सूर्यचौरमा खसेको हो ।

काठमाडौंबाट उडेको ३ मिनेटमै हेलिकप्टर खसेको थियो । हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य मृतकहरुका चिनियाँ पर्यटकहरु तीन पुरुष र एक महिला रहेका छन् । दुर्घटनालगत्तै नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ भने नुवाकोटतर्फबाट पनि प्रहरी टोली घटनास्थल आईपुगेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर तामाङले शव बटुल्ने काम भईरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार