पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन कास्की जिल्ला कमिटीको आयोजनामा पथ्वी नारायण क्याम्पसमा प्रस्तावना पत्र लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरूलाई शैक्षिक प्रस्तावना पत्र तयार कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।अनेरास्ववियू कास्की जिल्ला कमिटिका अध्यक्ष होम तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सचिब श्रीनाथ बराल रहनु भएको थियो भने अतिथीमा नेकपा एस प्रदेश कमिटी सदस्य बिबेक भुजेल, नगर युवा परिषद् उपाध्यक्ष सन्तोष न्यौपाने , नेकपा एस महानगर कमिटि सचिब बज्र राज अधिकारी लगायत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरालले अब बिद्यार्थी संगठनले यस्तै बौद्धिक कार्यक्रममा जोड दिदै शैक्षिक स्तरलाई उकास्न आफ्ना गतिबिधी अगाडी बढाउनु पर्ने बताउनु भयो । यससंगै बिबेक भुजेल , सन्तोष न्यौपाने , बज्रराज अधिकारी, होम तामांग लगायतले आफ्ना भनाईहरू राख्नु भएको थियो ।
प्रमुख प्रशिक्षकको रूपमा पृथ्वी नारायण क्याम्पसका उपप्राध्यापक बिष्णु भण्डारी रहनु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियू पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सन्तोष पौडेलले राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्याम्पस कमिटी सचिव भुवनेश्वर तिवारीले गर्नु भएको थियो ।