काठमाडौंमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्ने

Nagarik Sewa 1537+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । काठमाडौंमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो तीन बजे सुरु हुनेछ ।

प्रतियोगितामा बंगलादेशको यो पहिलो खेल हो भने श्रीलंकाको दोस्रो खेल हो । यो खेलमा श्रीलंकाले जित निकाल्न सकेन भने नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ । श्रीलंका विजयी भएको अवस्थामा भने बिहिवार हुने नेपाल र बंगलादखेशको खेलपछि मात्रै सेमिफाइनलमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ ।

तीन टोली सहभागी समुहको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा भारतले भुटानलाई १–० ले हराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार