सूर्यकुमार यादवले पाए भारतको टी २० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी

Nagarik Sewa 1537+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

काठमाडौं। भारतको टी २० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन्।  

रोहित शर्माले टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि कप्तानी खाली भएको थियो। नवनियुक्त मुख्य प्रशिक्षक आएसँगै टिममा पनि परिवर्तन आएको हो। यादवले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन्।

हालै अमेरिका र वेस्ट इन्डिजमा भारतले टी २० विश्वकपको उपाधि जित्दा पाण्ड्या उपकप्तान थिए। तर, उनलाई अब भने उपकप्तानबाट समेत बर्खास्त गरिएको छ। पाण्ड्याको स्थानमा शुममन गिल उपकप्तान बनेका छन्। हालै भारतले जिम्बाबेविरुद्ध खेलेको टि २० सिरिजमा गिलले कप्तानी गरेका थिए।

पाण्ड्यालाई उपकप्तानबाट हटाइए पनि टी २० टिममा भने समावेश गरिएको छ। उनी एक अलराउन्डरको भूमिकामा रहनेछन्। उनले टि २० विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार