सेयर बजारमा दोहोरो अंकको वृद्धि

Nagarik Sewa 1537+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सम्वृद्धि फाइनान्सको २४ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)को १९ करोड ८३ लाख १९ हजार रुपैयाँ, जानकी फाइनान्सको १६ करोड ६४ लाख ८१ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १५ करोड ९९ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार