पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Nagarik Sewa 1537+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएको हो ।

महरालाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत भन्दा अगाडि उनलाई सरकारी वकीलको कार्यालयमा लगिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार