ब्याट्री कारखानामा आगलागी हुँदा २० आप्रवासी कामदारको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
११ असार २०८१, सोमबार

काठमाडौं । दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २० जना आप्रवासी कामदारको मृत्यु भएको त्यहाँका विभिन्न स्थानीय सञ्चार माध्यमले जनाएका छन्। ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा सोमबार आगलागी हुँदा केही कामदार घाइते पनि भएका छन्। मृतक तथा घाइते सबैको राष्ट्रियता पहिचान भइनसकेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

त्यहाँ ज्यान गुमाउनेमा अधिकांश चिनियाँ श्रमिक भएको उल्लेख गरिएको छ।  दक्षिण कोरियास्थित नेपाली राजदूतावासकी श्रम काउन्सिलर चन्द्रकला वलीले उक्त घटनामा नेपाली श्रमिकहरू परेको वा नपरेको पुष्टि नभएको बताइन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार